सर्च

This website is under construction.

sansaripana

धनुषामा पेस्तोलसहित दुई युवक पक्राउ, १ जना भारतीय

जनकपुर– धनुषामा सशस्त्र प्रहरीलेले पेस्तोलसहित २ युवालाई पक्राउ गरेको छ। पक्राउ पर्ने एक जना भारतीय हुन। धनुषाको धनौजी गाउँपालिका– ४ स्थित भडरियाबाट उनीहरु पक्राउ परेका हुन। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ८ सीतानगरका २४ वर्षीय तेजेशकुमार महतो र भारतको मधुवनी सिलानाथ बरही ग्राम पञ्चायत– ५ का २१ वर्षीय रुपेशकुमार यादव छन्। उनीहरु बीआर ३२ एडब्ल्यू १८११ धनुषामा पेस्तोलसहित दुई युवक पक्राउ, १ जना भारतीय

चितवनसँग ३३ रनले पराजित भयो सुदूरपश्चिमः चितवनको तेस्रो जित, सुदुरको पहिलो हार

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ। ३ खेल लगातार जितेको सुदूरपश्चिमको यो पहिलो हार हो भने चितवनको यो तेस्रो जीत हो। चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर २ बलमा १३१ रनमा समेटियो। सुदूरपश्चिमका इशान पाण्डेले ३५, सैफ अली जैबले १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन चितवनसँग ३३ रनले पराजित भयो सुदूरपश्चिमः चितवनको तेस्रो जित, सुदुरको पहिलो हार

सुदूरपश्चिमसँग २ पटकको हारको बदला लिँदै जनकपुर बन्यो ‘एनपीएल च्याम्पियन’

काठमाडौँ– सुदूरपश्चिमसँग लिग र क्वालिफायर वानको बदला लिँदै जनकपुर एनपीएलको च्याम्पियन बनेको छ। ओपनर लाहिरू मिलन्थाको उत्कृष्ठ ब्याटिङको सहयोगमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १८५ रनको विशाल लक्ष्य जनकपुरले ५ विकेटको क्षतिमा १९.२ ओभरमा पूरा ग¥यो। जनकपुरको जितमा श्रीलंकन मूलका अमेरिकी विकेटकिपर ब्याटर लाहिरू मिलन्थाले ४९ बलमा ८७ रन जोडे। सुदूरपश्चिमसँग २ पटकको हारको बदला लिँदै जनकपुर बन्यो ‘एनपीएल च्याम्पियन’

इरानको सर्वोच्च अदालतमा गोली हानी दुई न्यायाधीशको हत्या, आक्रमणकारीले आफैलाई पनि हाने गोली

काठमाडौँ– इरानमाको सर्वोच्च अदालतका दुई न्यायाधीशको शनिबार गोली हानी हत्या भएको छ। राजधानी तेहरानमा रहेको अदालतभित्रै गोली हानेर दुई न्यायाधीशको गोली हानी हत्या गरेका संदिग्धले आफुले पनि तत्कालै आत्महत्या गरेका छन्। समाचार संस्था रोयटर्सका अनुसार जासुसी र आतंकवादका मुद्दा सम्हालेका न्यायाधीशहरू मोहम्मद मोगीसेह र अली रजिनीको हत्या भएको हो। राष्ट्रिय सुरक्षा र आतंकवादसँग जोडिएका मुद्दाहरू लामो इरानको सर्वोच्च अदालतमा गोली हानी दुई न्यायाधीशको हत्या, आक्रमणकारीले आफैलाई पनि हाने गोली

खोलामा भेटियो ५ वर्षीया बालिकाको शव

जनकपुर– बारामा शनिवार विहान करिव पाँच वर्षीया बालिकाको शव खोलामा फेला परेको छ। पचरौता नगरपालिका–९ कुडवा गाउँ भएर बग्ने जमुनी खोलामा बालिकाको शव भेटिएको हो। बालिकाको पहिचान खुलेको छैन। शव पोष्टमार्टमका लागि कलैया प्रादेशिक अस्पतालमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले शव पहिचानको प्रयास भईरहेको बताए।

यी हुन सैफ अलि खानलाई चक्कु प्रहार गर्ने ब्यक्ति, बंगलादेशी भएको लगभग निश्चित

काठमाडौँ– बलिउड अभिनेता सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। पक्राउ परेका ब्यक्ति बंगलादेशी नागरिक भएको अनुमान छ, उनी भारतीय भएको प्रमाण फेला परेको छैन। विजोय दास नाम राखेर मुम्बइको ठाणेमा बसेर हाउस किपिङ एजेन्सीमा काम गरिरहेका उनको असली नाम मोहम्मद सरीफुल अस्लाम असजाद हो। उनी भारतीय नागरिक भएको प्रमाण यी हुन सैफ अलि खानलाई चक्कु प्रहार गर्ने ब्यक्ति, बंगलादेशी भएको लगभग निश्चित

केन्द्रीय सदस्यले नै छोडे सीके राउतको पार्टी, उपेन्द्र यादवलाई साथ

जनकपुर– जनमत पार्टीका केन्द्रीय सदस्य एवम् महोत्तरी क्षेत्र न ३ (ख) का प्रदेशसभा प्रत्याशी दीपेन्द्र मधेशीसहित दर्जन बढि नेता/कार्यकर्ताले पार्टी छोडेको घोषणा गरेका छन्। नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेका उनीहरु आइतबार उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका छन्। जनकपुरस्थित जसपा नेपालको पार्टी कार्यालयमा पूर्वउपप्रधानमन्त्री तथा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई पार्टी प्रवेश गराए। केन्द्रीय सदस्यले नै छोडे सीके राउतको पार्टी, उपेन्द्र यादवलाई साथ

विराटनगरमा प्रचण्ड : छोरीज्वाईँको घरमा बास, मर्निङवाकमा भक्का भोजन

विराटनगर– जिल्ला दौडाहामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बेलुकै विराटनगर आएका छन्। छोरी र नातिनीसहित विराटनगर आएका दाहाल शुक्रबार राति विराटनगर–१ पोखरियास्थित कान्छा ज्वाईँ जीवन आचार्यको घरमा बास बसे। शनिबार बिहानै ‘मर्निङवाक’मा निस्किए। ६ बजेदेखि ७ बजेसम्म पोखरियादेखि जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालय रहेको स्थानसम्म ‘मर्निङवाक’ गरेका उनी त्यसपछि ठूलो मिलचोक पुगे। त्यहाँ विराटनगरमा प्रचण्ड : छोरीज्वाईँको घरमा बास, मर्निङवाकमा भक्का भोजन

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापालाई विद्युतका कर्मचारीले कुटे, दुई जना पक्राउ

विराटनगर — कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापामाथि शनिबार झापाको जामुनबारी चोकमा मुक्का प्रहार भएको छ। नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले उनीमाथि आक्रमण गरेका हुन। नेपाल प्रेस युनियनको दोमुखामा आयोजित पिकनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनीमाथि आक्रमण भएको हो। थापा सवार गाडीले विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई ओभरटेक गर्दा विवाद भएको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापालाई विद्युतका कर्मचारीले कुटे, दुई जना पक्राउ