सर्च

This website is under construction.

इरानको सर्वोच्च अदालतमा गोली हानी दुई न्यायाधीशको हत्या, आक्रमणकारीले आफैलाई पनि हाने गोली

काठमाडौँ– इरानमाको सर्वोच्च अदालतका दुई न्यायाधीशको शनिबार गोली हानी हत्या भएको छ। राजधानी तेहरानमा रहेको अदालतभित्रै गोली हानेर दुई न्यायाधीशको गोली हानी हत्या गरेका संदिग्धले आफुले पनि तत्कालै आत्महत्या गरेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार जासुसी र आतंकवादका मुद्दा सम्हालेका न्यायाधीशहरू मोहम्मद मोगीसेह र अली रजिनीको हत्या भएको हो। राष्ट्रिय सुरक्षा र आतंकवादसँग जोडिएका मुद्दाहरू लामो समयदेखि तिनै न्यायाधीशहरूले हेर्दै आएका थिए।

शनिबार एक संदिग्धले अदालतभित्रै प्रवेश गरेर गोली हानी उनीहरूको हत्या गरेको थियो। न्यायाधीशको हत्यापछि ती संदिग्धले आफैमाथि गोली चलाउँदा उनको पनि मृत्यु भएको छ। घटनामा न्यायाधीशका एक सुरक्षागार्ड घाइते भएका छन्।

गोली प्रहार भएको घटनाको जिम्मेवारी अहिलेसम्म कसैले नलिएको समाचार संस्था एशोसियटेड प्रेसले जनाएको छ।

यद्यपि अदालतको कडा सुरक्षाबीच न्यायाधीशमाथि गोली प्रहार भएको घटनाले संदिग्ध अदालतमै काम गर्ने व्यक्ति हुनसक्ने अधिकारीहरूलाई उद्धृत गर्दै एपीले समाचारमा लेखेको छ। न्यायाधीश अली रिजिनीमाथि यसअघि १९९९ मा पनि हत्याको प्रयास भएको थियो।

इरानको सरकारी टेलिभिजनले घटनामा इसराइल र संयुक्त राज्य अमेरिका समर्थित इरानी विपक्षीसँग सम्बन्धित व्यक्तिको संलग्नता हुनसक्ने बताएका छन्। यसबारेमा अनुसन्धान भइरहेकाले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको सरकारी टेलिभिजनहरुले जनाएका छन्।

यो खबरले तपाईंलाई कस्तो प्रभाव पार्‍यो?
Loading spinner

सम्बन्धित समाचारहरू

सबै समाचारहरू