सर्च

This website is under construction.

दुघर्टनाले कानेपोखरी निरीक्षकको लियो ज्यान

मोरङ्ग – झापाको कमल ३ पूर्वपश्चि लेकमार्ग खण्डमा मोटरसाइकल दुघर्टना हुँदा कानेपोखरी निवासी सशस्त्र प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।


पूर्वतर्फ जाँदै गरेको प्र१-०२-००५२-प-७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मोरङ कानेपोखरी ४ का पुरनलाल राजवंशीको मृ,त्यु भएको हो ।

४८ वर्षीय राजवंशी सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक थिए ।उनी इलामको बिओपी समालबुङ पोष्टमा कार्यरत थिए ।

दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।


तीव्रगतिमा सवारी कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक निस्कर्ष छ ।

यो खबरले तपाईंलाई कस्तो प्रभाव पार्‍यो?
Loading spinner

सम्बन्धित समाचारहरू

सम्बन्धित समाचारहरू उपलब्ध छैन

सबै समाचारहरू