सर्च

This website is under construction.

रङ्गेली तरकारी बजार असार भित्र सञ्चालनमा आउने

रङ्गेली तरकारी बजार असार मसान्तभित्र सञ्चालनमा आउने

मोरङ्ग – मोरङको रङ्गेली ७ मा निर्माणधीन अवस्थामा रहेको सुविधा सम्पन्न तरकारी बजार आगामी असार भित्र सञ्चालनमा आउने भएको छ। करिब ३.५ बिघा क्षेत्रफलमा फैलिएको यो तरकारी बजारको निर्माण कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भइसकेको छ।

यस स्थानमा विगतमा पनि दिनिकी हटिया/गुद्री लाग्ने गरिन्थ्यो। व्यवस्थित तरकारी बजार निर्माण गर्ने उद्देश्यले सो हटियालाई अस्थायी रूपमा अन्यत्र सारिएको थियो। तर अस्थायी स्थानमा बर्खाको समयमा डुबानको समस्या देखिएकाले हटियालाई स्थायी रूपमा यही स्थानमा पुनःस्थापना गर्ने तयारी गरिएको हो।

नयाँ तरकारी बजारमा करिब १०० जना खुद्रा व्यापारी, २५ जना ठूला व्यापारी तथा २५ जना होलसेल व्यापारीका लागि अलग – अलग ठाउँ व्यवस्था गरिएको छ। साथै बजार क्षेत्रभित्र खुला प्राङ्गण, सहज ढुवानी तथा संरक्षित गोदाम प्रणालीसमेत रहनेछ।

यो परियोजनाको ठेक्का लागत करिब २३ करोड रुपैयाँ रहेको छ। नगरप्रमुख दिलिप अग्रवालका अनुसार, खुद्रा व्यापारीलाई (धककीमा बेचन आउने) बिक्री वितरण गर्न कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ। नगरपालिकाले यो बजारलाई साना किसान र व्यापारीहरूको सहज व्यापारिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।

यो खबरले तपाईंलाई कस्तो प्रभाव पार्‍यो?
Loading spinner

सम्बन्धित समाचारहरू

सम्बन्धित समाचारहरू उपलब्ध छैन

सबै समाचारहरू